आत्मरक्षा शिविरलाई प्रभावकारी बनाउन नगर प्रमुखको आग्रह

धनगढी, ८ असोज । धनगढी उप–महानगरपालीकामा महिला तथा बालिकाहरुलाई दिईने आत्मरक्षा तालिमलाई प्रभावकारी बनाउन नगर प्रमुख नृपबहादुर वड बैंकर्सहरुसंग छलफल गरेका छन ।

छलफलमा धनगढीका दुई दर्जन भन्दा बढि बैंकका प्रवन्धकहरुसंग छलफल गरेका हुन् । धनगढीका नगरप्रमुख वडले सामाजिक उत्तरदायीत्व सम्झेर यस अभियानमा सहयोग गर्न उहाँहरुलाई आग्रह समेत गरे । बैंकर्स क्लव कैलालीका अध्यक्ष टेकराज भट्टले यस पबित्र कार्यमा सहयोग गर्न आफुहरु तयार रहेको बताए ।

बलात्कार, हत्या जस्ता जघन्य अपराधको श्रृङ्खला बढ्दै गएपछि महिलालाई आत्म रक्षा सम्बन्धी सीप सिकाइने भएको छ । राष्ट्रिय गोजुरियो कराते दो सङ्घ नेपालले प्रदेश नम्बर ७ बाट सीप सिकाउने अभियानको सुरुवात गर्न लागेको हो । असोज २० गतेबाट धनगढीमा आत्मरक्षा शिविरको आयोजना गरिने भएको छ ।