टीकापुर घटनाको साक्षी वकपत्र अन्तिम चरणमा
धनगढी, ८ असोज । झन्डै तीन वर्ष पछि शुरु भएको टीकापुर घटनाको साक्षी वकपत्र अन्तिम चरणमा पुगेको बताइएको छ ।
२०७२ भदौ ७ गते भएको टीकापुर घटनाको अभियोगमा पुर्पक्षको लागि कारागार चलान गरिएका अभियुक्तलाई जिल्ला अदालत कैलालीले भदौं २४ गतेदेखि नियमित साक्षी वकपत्रकोलागि उपस्थित गराइरहेको छ ।
बादी तर्फका वकालत गरिरहेका अधिवक्ता गजेन्द्र केसीलेका अनुसार ‘साक्षी वकपत्र अब अन्तिम चरणमा पुगेको छ । आज (सोमबार) पनि बादी पक्षबाट ५ जना साक्षीको वकपत्र सकिएको उनले जानकारी दिए ।
बादी र प्रतिबादीको तर्फबाट ३० जना साक्षीहरुको मात्रै वकपत्र बाँकी रहेकोले १२ गते सम्म साक्षी वकपत्र सकिन्छ ।’ त्यसपछि प्रमाण बुझेर साक्षी आदेश जारी हुन्छ ।
वकपत्रमा वादी पक्षका ३५ र प्रतिवादी पक्षका ५० जना गरी ८५ जना साझी अदालतमा उपस्थित रहेका छन् ।













