थाकसको २२औं महाधिवेशन सुरु, विवाद चुलिएपछि सभाहलमै नाराबाजी
काठमाडौं, ७ असोज । थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशन काठमाडौंको राष्ट्रियसभा गृहमामा सुरु भएकोछ ।
तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहमै नाराबाजी भएको स्रोतले जनाएको छ ।
आयोजकका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन्। बन्द सत्र भने सोमबारदेखि गौशलास्थित शिवदर्शन पार्टी प्यालेसमा हुनेछ।
महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधि र प्रर्यवेक्षकहरु शनिबारदेखि नै काठमाडौं आइपुगेका छन्। थाकसका अनुसार प्रतिनिधि र पर्यवेक्षक गरी एक हजारभन्दा बढी महाधिवेशनमा सहभागी हुँदैछन्।













