नेकपाका प्रवक्ता प्रकाण्ड रिहा हुने सम्भावना
काठमाडौं, ७ असोज । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डसहित तीन नेतालाई सर्वोच्च अदालतमा उपस्थिति गराइएको छ । बन्दी प्रत्यक्षीकरण रिटमाथिको बहस एकै दिन परेकोले तीनै नेतालाई सर्वोच्चमा उपस्थित गराइएको हो ।
प्रवक्ता प्रकाण्डलाई यसअघि चार पटकसम्म सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । प्रवक्ता प्रकाण्डको यो पाँचौं पटक सर्वोच्चमा उपस्थिति गराइएको छ ।
यसअघि प्रकाण्ड रिहा भएलगत्तै प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेर प्रहरीले उदयपुर लगेको थियो । उनलाई आजै उदयपुरबाट काठमाडौँ ल्याइएको हो ।
स्रोतका अनुसार प्रवक्ता आजै रिहा हुने सम्भावना छ । केही पहिला सरकारले गठन गरेको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापाबीच भएको सहमतिअनुसार प्रकाण्ड रिहा हुने सम्भावन बढेको हो । प्रवक्ता प्रकाण्डको रिहाई र पुनः गिरफ्तारीले वार्ताा असहजता पैदा गरेको भन्दै वार्ता टोलीको संयोजक सोमप्रसाद पाण्डेले गृहमन्त्रीसँग रिहा गर्न आग्रह गरेको बताइएको थियो ।













