फारवेष्ट पशुपति युवा क्लवको कार्यसमिति विस्तार

धनगढी, ६ असोज । प्रदेश नम्वर ७ मा प्रतिष्ठित फुटबल प्रतियोगिता फारवेष्ट पशुपति कप आयोजना गर्दै आईरहेको फारवेष्ट पशुपति युवा क्लवको आज बसेको बैठकले कार्य समिति विस्तार गरेको छ ।

यसअघि महा–सचिव रहनुभएका हरि बोहरालाई बरिष्ठ उपाध्यक्षमा मनोनित गरिएपछि रिक्त रहेको पदमा अरुण कुवँरलाई महा–सचिवको जिम्मेवारी दिईएको छ ।

यस्तै दुर्गा भण्डारी, रामबहादुर गुरुङ्ग, किशोर शाह, सन्तोष चौधरी, गजेन्द्र शाही, खगेन्द्र विक्रम कार्की, डेविड कडायत, सन्तोष विक्रम शाही, मेख रावल, जगत साउँद र सुरेश अधिकारीलाई सदस्यमा मनोनीत गरिएको छ। इहि मंसिर १४ गतेबाट आयोजना हुने चौथो फारवेष्ट पशुपति कप २०७५ लाई सफल बनाउन कार्यसमिति विस्तार गरिएको क्लवका अध्यक्ष खेम रावतले बताए ।

चौथौ संस्करणको फारवेष्ट पशुपति कपको विजेताले ४ लाख प्राप्त गर्नेछ भने उप–विजेताले २ लाख प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीले १५ हजार तथा अन्य उत्कृष्ट विधाका खेलाडीहरुले १०/१० हजार प्राप्त गर्नेछन् ।