निष्ट लिटिल फ्लावर प्रमियर लिगको तयारी सुरु
धनगढी, ६ असोज । कार्तिक २७ गतेदेखि धनगढीमा सञ्चालन हुने निष्ट लिटिल फ्लावर प्रमियर लिगको तयारी सुरु भएको छ ।
पहिलो र दोस्रो संस्करणपछि निष्ट लिटिल फ्लावर प्रिमियर लिग–२०७५ को तयारी थालिएको शनिबार धनगढीमा अयोजीत पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
संघीय प्रहरी कार्यालय प्रदेश नम्वर ७ को खेल मैदामा हुने प्रतियोगितामा देशभरका १६ वटा विद्यालयले भाग लिने आयोजक सस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताए । त्यसमा सम्वन्धित विद्यालयका विद्यार्थी खेलाडी वाहेक ५ जना बाहिरबाट १९ बर्ष मुनिका खेलाडी पनि राख्न पाईनेछ ।
विद्यार्थीहरुलाई उमेर समुहका खेलाडीसँग खेलाएर उनीहरुको प्रतिभालाई अझ तिखार्न मदत्त मिलोस् भन्नका लागि त्यस्तो गरिएको अध्यक्ष शाहीले बताए। प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने प्रतियोगिताका संयोजक भुपिसिंह धामीले बताए।
प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाईनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने उनले बताए।
तेस्रो संस्करणको पुरस्कार राशी अघिल्ला दुई संस्करणभन्दा दोब्बर बढी बढाईएको हो। गत बर्ष भएको दोस्रो संस्करणको विजेतालाई नगद ५० हजार ट्रफी सहित प्रमाणपत्र, उपविजेतालाई २५ हजार नगद सहित ट्रफी प्रदान गरिएको थियो। पहिलो संस्करणमा विजेतालाई नगद २५ हजार र उपविजेतालाई १५ हजार दिईएको थियो । हरेक वर्ष धनगढी वाहिर ख्यातिप्राप्त विद्यालयको सहभागी र पुरस्कार राशी वढाउँदै लगेका आयोजक सस्कार क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले बताए ।
घर वलियो वनाउनका लागि जग वलियो हुनुपर्छ भनेझैं नेपाली क्रिकेटको भविष्य वलियो वनाउनका लागि उनीहरुलाई कलिलो उमेरदेखि नै क्रिकेटमा परिपक्क बनाउने र सक्षम खेलाडी उत्पादन गर्ने उद्येश्यका साथ प्रतियोगिता आयोजना गरेको उनले बताए । मुख्य प्रायोजक निष्ट कलेज लैनचौर काठमाडौँ रहेकोमा दोश्रो पुरस्कार गुरुकुल एकेडेमीले प्रायोजन गरेको छ।
निष्ट कलेजका सस्थापक प्रिन्सिपल डाक्टर माधव प्रशाद बरालले धनगढीमा क्रिकेटको क्रेज देखेर लगानी गरेको बताए। निष्ट कलेजले देशभरीका विभिन्न क्षेत्रमा फरक–फकर खेलकुदमा लगानी गर्दै आएको छ। यस्तै सम्भु पुष्तक भण्डार, मयूर ईङलीस बोर्डीङ हाईस्कुल, सुलभ बुक्स एण्ड स्टेशनरी धनगढी, ईमेज बुक्स एण्ड स्टेशनरी र मृग गारमेन्ट्स चटकपुर कैलालीले पनि प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्नेछन् ।













