‘पोर्न साइट’ बन्द गर्ने सरकारको कडा निर्देशन
कैलाली, ५ असोज । सरकारले सबै ‘पोर्न साईट’ बन्द गराउने निर्देशन गरेको छ । यस्ता साइटले समाजमा विभिन्न खाले अपराधिक घटनाहरुलाई बधावा दिईरहेको भन्दै सरकारले सबै पोर्न साईट बन्द गराउने कडा निर्देशन दिएको हो ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बास्कोटाले सबै पोर्न साइटहरु बन्द गर्न निर्देशन दिएको स्रोतले बताएको छ । पछिल्लो समय देश भरिनै बलात्कारका घटनामा बृद्धि हुनुको एउटा कारण पोर्न साइट पनि रहेको हो भन्दै मन्त्रालयको यस्ता साइटहरु बन्द गराउने निर्देशन दिएको हो ।













