श्वेताले ल्यायो ‘रे जेडआर’ स्कुटर
धनगढी, ५ असोज । यामाहा मोटरसाइकल तथा स्कुटर धनगढीको आधिकारिक विक्रेता श्वेता टे«डिड्ड कन्सर्न रे जेडआर ‘स्ट्रिट ¥याली’ स्कुटर बजारमा ल्याएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि स्कुटर सार्वजनिक गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य महासंघके केन्द्रीय सदस्य गोपाल हमाल र श्वेता टे«डिड्ड कन्सर्नका सञ्चालक राजेश भण्डारी संयुक्त रुपले स्कुटर सार्वजनिक गरेका थिए ।
कार्यक्रमको प्रमुख अथिति समेत रहेका केन्द्रीय सदस्य हमाल रे जेडआर स्कुटर आर्कषक मोडल रहेकोले व्यवसायीक सफलता मिल्ने बताए ।
सञ्चालक भण्डारी स्कुटर एडिसन पावर र स्टाइलको उत्कृष्ट समिश्रण रहेको बताउदै रे जेडआर स्कुटर स्पोर्टी रहेकोले यामाहाप्रति बढ्दै गएको मोहलाई थप नयाँ उचाइमा पुगेको विश्वास व्यक्त गरे ।

एमएडब्ल्यू इन्टरप्राइजेज प्रदेश नं. ७ को एरिया सेल्स म्यानेजर भानुभक्त चौधरी रे जेडआर स्कुटर गाउँघरको कच्ची बाटोको लागि एकदमै उपयूक्त रहेको बताए । साथै स्कुटरको फिचरबारे जानकारी कराइल दिए ।
स्कुटर ११३ सीसी तथा ब्लु कोर इन्जिन रहेकोले उत्कृष्ट पिकअप, उत्कृष्ट माइलेज दिने विश्वास व्यक्त गरे ।
उनले स्कुटर पक्की सडकमा ६६ किलोमिटर प्रतिलिटर र कच्ची सडकमा ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिने बताए । पछिल्लो अवस्थामा स्कुटर महिला सशक्तिकरणको एक पाटो बनेको बताउदै ३३ प्रतिशत महिला स्कुरट चढ्दै गरेको जानकारी दिए ।
स्कुटरको अन्य फिचरमा चालकको हातमा सुरक्षाको लागि नकल गार्ड, स्पोर्टी ओ आकर्षण डिजाइनको लागि बोल्ड न्यू भाइजर, डिजिटल इन्स्ट्रयुमेन्टल प्यानल, फ्रन्ट डिस्क ब्रेक एण्ड एलोई ह्वील रहेको चौधरीले जानकारी दिए ।
नयाँ रे जेडआर स्कुटरको बजार मूल्य दुई लाख आठ हजार नौं सय रहेको उनले बताए । साथै दशैं र दिपावली २०७५ को लागि ‘बिजय यात्रा उपहार’ योजना ल्याएको जानकारी दिदै प्रत्येक मोटरसाइकल तथा स्कुटरको खरिदमा सात हजारदेखि एक लाखसमको स्क्रेच कार्ड र हरेक हप्तामा लक्की ड्र मार्फत नौ लाख २४ हजार नौ सय पर्ने यामाहा आरथ्री बाइक पाउने योजना ल्याएको छ ।













