महिला हिंसा न्यूनिकरणमा यसरी जुटे विद्यार्थीहरु (भिडियो सहित)

धनगढी, ५ असोज । महिला हिंसा न्यूनिकरणको लागि धनगढीका विद्यार्थीहरु एक जुट भएका छन् । शुक्रबार धनगढीको चौराहादेखि निकालिएको बृहत्त र्यालीमा धनगढीका विभिन्न स्कुलका विद्यार्थीहरु निर्मला पन्तको हत्यारालाई कार्बाहीको माग गरेका थिए । उनीहरुले महिला हिंसा अन्त्य गर, बलात्कारीलाई कार्बाही गर जस्ता नाराबाजी गर्दै धनगढी परिक्रमा गरेका थिए ।