स्वास्थ्यकालागि खेल : नगरप्रमुख
धनगढी,४ असोज । धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले स्वास्थ्य समाजकालागि खेल अवश्यक रहेको बताएका छन् ।
फ्याट ल्याण्डसमुह धनगढीद्धारा तयार गरिएको फुटसल हाउसको बिहीबार उद्घाटन गर्दै उनले खेलाडी भएको समाज अन्य समाज भन्दा अनुशासित हुने बताए ।
धनगढी उप–महानगरपालीकाले स्वास्थ्यकालागि खेल समाजकालागि खेल भन्ने मुलनारा नै लिएर खेलकुदको प्रवद्र्धन गरिरहेको बताए ।
उनले भने,‘म आफै फुटवलको खेलाडी हुँ खेलाडीका समस्या मैले बुझेको छु । खेलकुदले मान्छेलाई नैतिक आचरणमा बाध्ने भएकाले पनि उ गलत बाटोमा लाग्दैन ।
अहिले वालबालिकाहरुलाई कुलतबाट बचाउनका खेलकुद आवश्यक भएको विबेकशिल साझा पार्टी प्रदेश नं ७ का संयोजक गोपाल हमालले बताए ।
उनले भने,‘यो खेलको गन्तब्यको रुपमा धनगढीलाई बनाउन सकिन्छ । फ्याट ल्याण्डसमुहका सल्लाहकार रोशन भट्टले बजार क्षेत्रमा खेल मैदानको अभाव भैरहेको बेला फुटसल राम्रो बिकल्प हो । उनले यो सबै उमेर समुहका ब्यक्तिहरुलाई लक्षीत गरेर संचालन गरिएको बताए ।













