६ महिने बालकमाथि एसिड प्रहार

अछाम, ४ असोज । अछाममा ६ महिने बालकको एसिड प्रहारबाट मृत्यु भएको छ ।

अछामको तुर्माखाद गाउँपालिका ४ चिसिका ६ महिनाको बालक मुस्कान बयकमाथि मंगलबार एसिड प्रहार भई मृत्यु भएको हो ।

बालकलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी जनक शाहीले जानकारी दिए ।

उनका अनुसार मंगलबार बिहान ११ बजेतिर बालकका आमा देवसरा बयकले दुध चुसाएर घरभित्रै सुताइ बाहिर काममा निस्किएकी थिइन् ।

आधा घण्टापछि घर फर्किने क्रममा बालक रुँदै गरेको र पुरै शरीरमा आगोले पोले जस्तै देखिएपछि उनलाई स्वास्थ्य चौकी लगिएको थियो ।

स्वास्थ्य चौकीले जिल्ला स्वास्थ्य कार्यालयमा रिफर गरेपनि उपचार हुन नसकेपछि त्यहाँबाट पुनः नेपालगञ्ज अस्पताल रिफर गरिएको थियो । तर नेपाल गन्ज नपुग्दै बालकको बाटैमा मृत्युको प्रहरीले बताएको छ ।

प्रहरीले बालकमाथि एसिड छ्यापेको आशंकामा दुईजना नातेदारलाई पक्राउ गरेकोे डिएसपी शाहीले बताए ।