धनगढी डाइग्नोस्टिक्सद्धारा सिकलसेल जाँच निशुल्क स्वास्थ्य सिवर

धनगढी, ३ असोज । संविधान दिवसको अवसरमा धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालिले थारु समुदाएमा लाग्ने रोग सिकलसेल एनेमिया को निशुल्क शिविर सञ्चालन गरेको छ । पछिल्लो समयमा थारु समुदायमा देखा परेको सिकलसेल एनेमिया जनस्वास्थ्यको समस्याका रुपमा देखा पर्दै आएपछि सो जाँचको लागि निशुल्क स्वास्थ्य सिविरको आयोजना गरेको आयोजक कमिटीका संयोजक महेन्द्र साउँदले बताए ।

थारु समुदायको मुख्य चुनौतिको रुपमा सिकलसेल एनेमिया रोग रहेको देखापरेको छ । यो रोगले धेरै थारु समुदायको घरवार समेत विगारिसकेको गईरहेको देखिन्छ । यसैकारण बुधबार डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रालि धनगढी उपमहानगर वडा नम्मर १ पुरानो एरर्पोट शिविरका बस्दै आएका महिला पुरुष गरी १ सय ३५ जना ले सेवा लिएका छन् ।

थारु समुदायमा बंशाणुगत रोग रहेकाकारण यसलाई रोकथामका लागि राज्यले निशुल्क उपचारको व्यवस्था गर्नु पर्ने शिविरका भलमन्सा उल्लुराम चौधरीले बताए । शिविरका भलमन्सा उल्लुराम चौधरीले भने, ‘यो शिवर राखेर धेरै खुसी भएका छौँ ।’ उनले सुकुम बासि बस्तिमा यस्ता सिविर पटकपटक सञ्चालन गर्न आग्रह गरे ।

धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टर प्रा लि। धनगढीलले विभिन्न अवसरमा यस्ता निसुल्क शिविरको आयोजन गदै आईरहेको छ । परिक्षणको रिपोर्ट आउन बाँकी रहेको संयोजक साउदले बताए ।