एसपी दुर्गा सिंहको नेतृत्वमा ९ जना महिला प्रहरीको टोली कञ्चनपुरमा
धनगढी, २ असोज । प्रहरी प्रधान कार्यालयले कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको दुर्गा सिंहको नेतृत्वमा नौ जना महिला प्रहरीको टोली खटाइएको छ ।
पीडित, स्थानीय महिला अधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउनका लागि प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली खटाएको हो । टोलीले हिजो (सोमबार) देखि काम थालेको छ ।













