थाकस सभापतिमा जेलमा रहेका चौधरी सर्वसम्मत

धनगढी, ३१ भदौ । थारु कल्याणकारिणी सभा (थाकस) कैलालीको सभापतिमा पुनः जेल जिवन विताईरहेका लाहुराम चौधरी सर्वसम्मतले चयन भएका छन् ।

धनगढीमा भएको आठौं अधिवेशनले उनलाई पुनः सभापतिको जिम्मेवारी सुम्पेको हो । चौधरी टीकापुर घटनाको अभियोगमा पुर्वपक्षका लागि जेलमा छन् । २०७२ भदौ ७ गते टीकापुर घटना घटेको बेला चौधरीले धनढीमा थरुहट आन्दोलनको नेतृत्व गरेका थिए । घटना भएको दिन जिल्ला प्रशासन कार्यालय अगाडि उनको नेतृत्वमा आन्दोलन भएको थियो । आन्दोलनको नेतृत्व गरेकै कारण पक्राउ परेका चौधरी दुई वर्षदेखि जेलमा छन् ।

यसैगरी उपाध्यक्षमा माधब चौधरी, सचिबमा देशराम चौधरी, कोषध्यक्षमा एन्जल चौधरी र सहसचिबमा सीता चौधरी चयन भएका छन् ।

सदस्यमा विनिता चौधरी, सविता चौधरी, वीरबहादुर चौधरी, सुन्दर चौधरी, खुशीराम चौधरी र तारा चौधरी चयन भएका छन् ।

थाकसमा महिलाको अर्थपूर्ण सहभागिता नभएको भन्दै थारु महिलाहरु असहमति जनाउदा बैठकबाटै समस्या समाधान गर्ने नबनिर्वाचित उपाध्यक्ष माधब चौधरीले बताए ।