थाकसद्धारा उन्नती चौधरी सहित नौ जना सम्मानित
धनगढी, २९ भदौं । थारु कल्याणकारिणी सभा कैलाली आफ्नो आठौं जिल्ला अधिवेशनको अवसरमा विभिन्न विधामा नौ जना व्यक्तित्वलाई सम्मानित गरेको छ ।
सम्मानित हुने व्यक्तित्वहरुलाई प्रदेश नं. ७ का मुख्य मन्त्री त्रिलोचन भट्ट सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरेका थिए । सम्मानित हुनेमा थारु कल्याणकारिणी सभाका संस्थापक कोषाध्यक्ष सियाराम चौधरी, निजामति कर्मचारी हिरालाल चौधरी, लेखन क्षेत्र तिर थारु नागरिक समाज कैलालीका जिल्ला संयोजक दीलबहादुर चौधरी, पत्रकारिता क्षेत्रबाट उन्नती चौधरी सम्मानित भएका छन् ।

त्यसैगरि थारु साहित्य क्षेत्र तिर भोजराज चौधरी, गीतसंगीत तिर गायिका समीक्षा चौधरी, थारु कुप्रथा निरुत्साहन गर्नमा मुख्य भूमिका योगदान रहेको भन्दै वेशका केन्द्रिय उपाध्यक्ष यज्ञराज चौधरी, खेलकूद तिर सरस्वती चौधरी र कलाकारिता क्षेत्रतिर देवी चौधरी लाई सम्मान गरेका हो ।














