कुपर्था विरुद्ध एकजुट हुन नगरप्रमुखको आग्रह
धनगढी, २८ भदौ । प्रथा परम्पराका नाममा महिलामाथि हिंसा भइरहेकाले त्यस बिरुद्ध एकजुट हुन धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले आग्रह गरेका छन् ।
नमोःबुद्ध युवा क्लव धनगढीले क्याम्पस चौकमा आयोजना गरेको तीज महोत्सव २०७५ को उद्घाटन गर्दै नगर प्रमुख वडले यस्तो आग्रह गरेका हुन ।
‘दुःख, पीडा बेदनाकाका कुरा मात्रै होईन सकारात्मक सोचको संचार तीजले गर्नुपर्छ’, नगरप्रमुख वडले भने–‘बलात्कार, हत्या, बोक्सी प्रथाका विरुद्ध तीज गीतबाट सन्देश दिनुपर्छ ।’
धनगढी उपमहानगरपालिका उपप्रमुख सुशिला मिश्र भट्टले तीजलाई महिलाको मात्रै पर्वको रुपमा नअथ्र्याउन अनुरोध गरिन । उनले भनिन्–‘तीजले सशक्तिकरणको सन्देश दिन सक्नुपर्छ ।’ अहिले पनि हरेक निहुँमा महिलामाथि हिंसा भइरहेको उनले बताइन् ।













