डोटी जोरायलमा बस दुर्घना, २३ जना घाइते

धनगढी, २८ भदौं । डोटीको जोरायल गाँउपालिकामा बस दुर्घटना हुदा २३ जना घाईते भएका छन् । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ९११४ नम्बरको बस गएराति ३ बजेतीर रुवसकाँडामा दुर्घटना भएको हो । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

दार्चुलाको मार्मा गाँउपालिका वडा नम्बर १ का ३८ वर्षिय अमर ठगुन्ना, सोही स्थानका ३० वर्षिय हर्क सिह भण्डारी, बस चालक पदम पन्त र सह चालक दान बहादुर जोशी गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।