पत्रकार महिलाहरुलाई पारिश्रमिकदेखि सम्मान सम्म बिभेद
धनगढी, २६ भदौं । विभिन्न सञ्चार माध्यमहरुमा क्रियाशिल पत्रकार महिलाहरुलाई पारिश्रमिकदेखि सम्मान सम्म विभेद भईहरेको धनगढीका पत्रकार महिलाहरुले अभाष गरेको एक कार्यक्रममा बताएका छन् ।
धनगढी उप–महानगरपालीकाले हरितालिका तिजको अबसरमा धनगढीका पत्रकार महिलाको सामाजिक तथा आर्थिक अबस्थाका बिषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले अहिले पनि पत्रकार महिलाहरुको पेशागत र भौतिक सुरक्षा राज्यले दिन नसकेको बताए । उनले भने, ‘एउटै मिडिया हाउसमा काम गर्ने पुरुष पत्रकार र पत्रकार महिलाहरुको पारिश्रमिक, पद तथा सम्मानमा बिभेद छ । यो सबै हाम्रो समाजको प्रभाव हो ।

धनगढी उप–महानगरपालीकाकी उप–प्रमुख सुशिला मिश्र भट्टले हाम्रो परम्परावादी समाजको प्रभाव पत्रकारीता क्षेत्रमा काम गर्ने महिलामा परेको बताईन । क्षमता भएर पनि अन्य क्षेत्र जस्तै पत्रकारीता क्षेत्रमा महिलाले उचित स्थान पाउन नसक्नु पनि विभेद हो उनले भनिन् ।
उप–प्रमुख भट्टले भनिन् यस बिषयमा पत्रकार महिलाले आवाज उठाउन सक्नुपर्छ । उनले कैलालीका पत्रकार महिलाको सामाजिक र आर्थिक अबस्था बुझेर समस्या न्यूनिकरणको लागि धनगगढी नगरपालिकाले नीतिगत रुपले योजनाहरु निर्माण गर्ने प्रतिबद्धता जाहेर गरिन् ।
क्रियाशिल पत्रकार महिला कैलालीका अध्यक्ष उन्नती चौधरीले कार्यक्षेत्रमै पत्रकार महिलाहरु अपत्यक्षरुपले हिंसाहरु भईरहेको बताउदै सेवा सुविधा र सम्मानमा समेत बिभेद भैरहेको बताईन । मिडिया हाउससंगै राज्यले पत्रकार महिलाहरु माथि पुरुष पत्रकार सरह लगानी लगाउन आवश्यक रहेको बताईन् ।
पश्चिम टुडे मिडिया हाउसका प्रवन्धक भुवन जोशी उपाध्यायले पत्रकार महिलाहरु पेशामा टिक्न नसक्नुमा सामाजिक तथा आर्थिक कारण भएको बताईन ।













