यौनिक तथा लैङ्गिक अल्पसंख्यकको समस्या सम्बोधन गर्नुपर्ने माग
धनगढी,२५ भदौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले सोमबार स्थानीय तहका नीतिनिर्मातासंग छलफल गरेका छन् ।
प्रदेश र स्थानीय तहहरु धामा धम कानून निर्माणमा जुटेका बेला यस प्रदेशमा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले नितिनिर्माताहरुसंग छलफल गरेका हुन ।
उनीहरुले अन्य अल्पसंख्यक भन्दा आफुहरुको समस्या फरक भएकाले तिनको सम्बोधन हुनेगरि योजना बनाउन माग गरेका थिए ।
सुदूरपश्चिम समाजका करुणा नेपालले नीतिगतरुपमा नै यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको मुद्धाहरु समेटिनुपर्ने बताईन ।
कार्यक्रमा बोल्दै धनगढी उप–महानगरपालीका प्रमुख नृपबहादुर वडले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको मुद्धामा आफुहरु गम्भीर रहेको बताए । उनले भने, ‘हामीले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका मागलाई नीति तथा कार्यक्रममा सम्बोधन गरेकाछौं ।’
नेपालको संविधानले नै यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुका बारेमा मौलिक हकमा ब्यबस्था गरेको बताए ।













