हाजिरी जवाफ प्रतियोगितामा नास्ट कलेज प्रथम
धनगढी, २५ भदौं । रेडियो डेलीमेलले प्रदेश नं. ७ पहिलो पटक आयोजना गरेको सर्वाधिक धनरासिको अन्तरविद्यालय उच्चमावि स्तरीय हाजिरी जवाफ प्रतियोगितामा धनगढीको नास्ट कलेज प्रथम भएको छ ।
विद्यालय स्तरमै रेडियोले पहिलो पटक सञ्चालन गरेको प्रतियोगिताले विद्यार्थीको क्षमता प्रस्फुटन गराउन मदत पुगेको सरोकारवालाहरुले वताए ।
भाद्र २२ गतेबाट सुरु भएको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धीका रुपमा सोमवार सम्पन्न धनगढीको नास्ट, एक्सीस विद्या आश्रम र एसपीए कलेज मध्यबाट नास्ट क्याम्पसका विद्यार्थीहरु प्रथम भएका हुन् ।
प्रतियोगीताका विजयि तिनवटै टिमलाइ एक भव्य समारोह विच सोमबार सात नम्बर प्रदेशका सामाजिक विकास मन्त्री दिर्घ सोडारीले नगद, ट्रफि तथा मेडल प्रदान गरे ।
सो अवसरमा वोल्दै उनले रेडियोले संचालन गरेको प्रतियोगिताबाट विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा ठुलो मद्धत पुगेको बताए । अतिरिक्त क्रियाकलापका नाममा विभिन्न क्याम्पसहरुले पश्चिमा संस्कृति तथा देखासिकीलाइ महत्व दिइरहेका वेला रेडियोले शिक्षा संग सम्बन्धित क्रियाकलापलाइ प्राथमिकता दिएर विद्यार्थीको क्षमता विकासमा टेवा पु¥याउने कार्य गरेको कैलाली बहुमुखी क्याम्पसका प्रमुख डा. पदमराज जोशीले बताए ।
रेडियोका माध्यमबाट रचनात्मकतालाइ प्राथमिकीकरण गर्नु शिक्षा क्षेत्रका लागि सकारात्म कार्य भएको प्रतियोगीतामा प्रथम हुन सफल नास्ट कलेज धनगढीका प्रमुख प्राध्यापक शिवहरी शर्मा मुड्भरीले बताए ।
रेडिायोले सञ्चालन गरेको कार्यक्रम सकारात्म भएको बताउदै सुदूरपश्मिाञ्चल एकेडेमीका प्राध्यापक इन्द्रमणी अवस्थीले आगामी दिनमा यस्ता कार्यक्रमलाइ निरन्तरता दिनु पर्ने बताए ।
प्रतियोगितामा प्रथम भएको नास्ट कलेजका विद्यार्थीहरुले नगर २५ हजार सहित गोल्ड मेडल, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै द्धितीय एक्सीस विद्या आश्रमले २० हजार नगद, तृतीय सुदूर पश्चिमाञ्चल एकेडेमीले १५ हजार नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा धनगढीका ११ वटा विद्यालयको सहभगीता रहेको थियो । रेडियो डेलिमेलका प्रबन्ध निर्देशक कृष्ण वोहराले आगामी दिनमा कार्यक्रमलाइ अझ भव्य वनाउने बताए ।













