निर्मला हत्या प्रकरणः उच्चस्तरीय छानविन समिति सदस्य केशीले दिए राजीनामा

कैलाली, २५ भदौं । निर्मला पन्तको घटनाको अनुसन्धानका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिका एक सदस्यले राजीनामा दिएका छन् ।

पन्तको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्ने कार्यमा संलग्न समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएका हुन् ।

उच्चस्तरीय समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै प्रदेश नम्बर ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव एवं समितिका सदस्य केसीले राजीनामा दिएको बताए ।

समितिले गरेको छानबिनले निर्मलाले न्याय नपाउनेमा शंका लागेकाले निर्मलाको न्यायका लागि राजीनामा दिएको उनले बताए ।
उनले हुलाकमार्फत राजीनामा पत्र पठाउँदै समितिमा नरहेको जानकारी दिए ।