कैलारी गाँउपालिका जाँड रक्सीमा कडाई गर्ने : अध्यक्ष
धनगढी, २५ भदौं । कैलारी गाउँपालिका कैलालीले गाउँपालिका भित्रका सामाजिक कुरीति कु–संस्कारको रुपमा रहेको जुवा तास, जाँडरक्सीमा कडाई गर्ने निर्णय गरेको छ ।
गापाले स्थानीय सेवा ऐन २०७५ निर्माण गरि छलफलका लागि विधेयक समितिमा पेश गरेको छ ।
जुवा तास, जाँडरक्सी न्यूनीकरणका लागि इलाका प्रहरी कार्यालय हसुलियालाई अभिमूखिकरण कार्यक्रम चलाउन जिम्मा दिइएको गापा अध्यक्ष लाजुराम चौधरीले बताए ।
यसैगरी, कार्यपालिका बैठकले अन्य थप महत्वपूर्ण विषयमा समेत निर्णय गरेको छ । गाउँपालिकाभित्र ७ ठाउँमा झोलुगे पुल निर्माणको लागि माग गर्ने, मर्मत सम्भार र आकस्मिक कोष छुट्टयाउने निर्णय गरिएको छ ।
मर्मत सम्भार र आकस्मिक कोषमा रहेको बजेट कानून बनाएर कार्यान्वयन गर्ने गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।













