मिस्टर एन्ड मिस थारुको अडिसन धनगढीमा

धनगढी, २२ भदौं । मिस्टर एन्ड मिस थारुको दोस्रो संस्करणको अडिसन धनगढीमा हुदैछ । आज शुक्रबार धनगढीमा जक जह इन्टरटेनमेन्टको आयोजनामा सो अडिसन भईरहेको छ । देशभरिका थारु युवा प्रतिभा र बौद्धिकतालाई प्रतिष्ठित गर्ने तथा थारु भाषा, कला, संस्कृति, भेषभुषा झल्किने प्रतियोगिताको अडिनस धनगढीमा सुरु भएको हो ।

मिस इन्टरनेशनल विजेता वर्षा लेखी सम्मिलित प्रतियोगितामा युवा (युवती उमेर १८ देखि २६ वर्ष तोकिएको छ। एसइई पास भएकाले यो प्रतियोगितामा भाग लिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार आज धनगढीमा हुने अडिसनबाट छनौट हुदै बुटवल, चितवन, लहान , इटहरी र अन्तिम अडिसन काठमाडौंमा हुने बताइएको छ ।

अडिसनबाट ६० जना प्रतियोगीलाई छनौट हुने छन् । विजेताले नगद ७५००० का साथै दुई दिनका लागि कल्चर टुर पाउनेछ ।