एक घर दुई बिरुवा अभियान, नगर भित्रै दशहजार बिरुवा वितरण

धनगढी, २१ भदौ । धनगढी उप–महानगरपालीकाले एक घर दुई बिरुवा अभियान अन्तरगत मंगलबार १० हजार आँपका बिरुवा बितरण गरेको छ ।

दुई दिन भित्रै थप १० हजार बिरुवा वितरण गरिने कृषी महाशाखाका खडक बिकले बताए । उनले भने,‘ यो चरणमा वडा नं ८, ९, १०, ११, १४, १५, १६, १७, १८ र १९ मा वितरण गरिएको छ । बाँकी वडामा अर्को चरणमा बिवरण गरिने बताए । यस पटक आँपको बिरुवा पाएकाहरुलाई दोश्रो बर्ष लिचीको बिरुवा दिईने भएको छ ।

धनगढीलाई हरियाली नगर बनाउने अभियान अन्र्तगत गत असारबाट नै एक घर दुई फलफुलका बिरुवा वितरण गरिदै आएको छ । यो अभियान भएकाले नपाएका घरले पाउँदै जाने धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले बताए ।

उनले भने,‘बिरुवा पाउनबाट कुनैघर बन्चीत हुनुहुदैन भन्ने मान्यता उप–महानगरपालीकाले लिएको छ । नगरपालीकाले सहयोगि संस्थाबाट र आफैपनि बिरुवा जुटाएर प्रत्येक घरमा निशुल्क वितरण गर्न थालेको धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले बताए ।

फलफुलको बिरुवा बितरण कार्यक्रम अन्तरगत प्रत्येक घरले १ वटा लिचि र १ वटा आँपको गरि २ वटा बिरुवा पाउने छन् । खुला ठाउँमा बृक्षा रोपण गर्दा संरक्षण गर्न समस्या हुन थालेपछि घरघरमा फलफुलका बिरुवा बितरण गरिन थालेको नगरप्रमुख वडले बताएका छन् ।

अभियान अन्र्तगत ४ बर्ष भित्र नगरमा १ लाख ६० हजार फुलफुलका बिरुवा रोपिने उप–महा नगरपालीकाले जनाएको छ ।