अटो रिक्सामै शिशु जन्मेपछि

धनगढी, १९ भदौं । सुत्केरी व्यथा लागेर अटोरिक्सामा अस्पताल आएकी एक महिलाले अस्पताल नपुग्दै अटोमै शिशु जन्माएकी छन् । अस्पतालको गेटमा अटोमै शिशु जन्माएपछि हेर्नेको पनि भिड लागेको थियो ।

अटोरिक्सा चालक बलराम पाठकका अनुसार शिशु निस्कनै थालेको थाहा पाएपछि अटोरिक्सा वरिपरी त्यहाँ भएका महिलाले घेरेको बताए ।
प्रदेश ७ को अस्थायी राजधानी रहेको धनगढी उपमहानगरपालिका–१२ ए गाउँ जुगेडाकी २५ वर्षीया पार्वती थापाले आज मंगलबार साढे १ बजे सेती अञ्चल अस्पतालको गेटमै अटोरिक्सामा शिशु जन्माएकी हुन् ।