गौरा सद्भावको पर्व हो : नगरप्रमुख वड
धनगढी, १८ भदौं । धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले गौरा पर्व सद्भावको पर्व भएको बताएका छन् ।
राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान प्रदेश नं ७ ले आयोजना गरेको गौरा महोत्सव २०७५ को समापन कार्यक्रममा बोल्दै नगरप्रमुख वडले गौरामा ढुस्का, धुमारी, चैत लगायतका गित गाउने , बिरुडा भिजाएर छिमेकमा बाँडेर खाने भएकाले समुदायमा सदभाव बढाउन गौरा पर्वले सहयोग पु¥याउने गरेको बताए । उनले भने,‘धनगढी उप–महानगरपालीकाले गौरा जस्तै थारु समुदायका पर्व गुरही,माघी, अट्वारीलाई पनि प्राथमिकतामा राखेर सहयोग गर्ने गरेको बताए । उनले भने,‘हामी एक ठाउँमा बसेपछि चाडपर्व पनि साझा रुपमा मनाउनुपर्छ । गौरामा थारु समुदायका दाजुभाईहरु आउनुपर्छ पहाडी समुदायले थारु समुदायका चाडपर्वमा जानुपर्छ ।
उनले चाडपर्व, संस्कार संस्कृती कुनैपनि ठाउँको पहिचान भएको बताएर । उनले भने,‘तर हामी संस्कार बिहीन भैरहेका छौं । गाईको पुजा गर्ने हाम्रो संस्कार भएपनि अहिले सडकमा गाई छोड्ने गरिएका छन् नगरप्रमुख वडले भने,‘यो दुःध खाएर आमालाई सडकमा छोडे जस्तै हो ।
समाजसेवी दुर्गा प्रशाद भण्डारीले नयाँ पुस्तामा हस्तान्तरण गर्न नसक्दा संस्कृती लोप हुदै गैरहेको बताए । गौरा महोत्सव भदौ १६ गते सुरु भएको थियो । राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान प्रदेश नं ७ का संयोजक सुरत रावतका अनुसार महोत्सवमा बिभिन्न समुह बिच प्रतियोगिता गराईएको थियो ।
प्रतियोगितामा कालिकोट महिला समुह प्रथम, कैलाली बहुमुखी क्याम्पस छात्र समुह द्धितिय र गौरीगंगा नगरपालीका ६ रानीफाटा समुह तृतीय भएको थियो । महोत्सवमा बिभिन्न कलाकारहरुको सहभागिता रहेको राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान प्रदेश नं ७ संयोजक रावतले बताए ।













