‘मुख्य मन्त्रीको काम खोक्ने मात्रै भयो’

धनगढी,१७ भदौ । प्रदेश नं ७ प्रमुख प्रतिपक्षदलका नेता रणबहादुर रावलले मुख्य मन्त्रीले बिना योजना खोक्ने (बोल्ने) काम मात्रै गरेको आरोप लगाएका छन् ।

आईतबार बित्तिय संस्था कर्मचारी संघले आयोजना गरेको प्रदेश नं ७ स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रावलले यस्तो आरोप लगाएका हुन । सरकारका मन्त्रीहरुको बोलीमा कुनै ठेगान छैन प्रमुख प्रतिपक्षदलका नेता रावलले भने,‘सुरुमै कसैले पनि भारतमा गएर चौकिदारी गर्नुपर्दैन भन्ने मुख्य मन्त्रीले यस प्रदेशमा रोजगारी दिनका लागि के गरे ? अहिले पनि भारतमा चौकिदारीका लागि यस प्रदेशबाट दिनहुँ यूवाहरु जाने गरेका छन् नेता रावलले भने,‘यहाँ प्रदेशका मन्त्रीहरुका बोली जोखरका जस्ता छन् ।

प्रदेश सरकारले बजेट ल्याएको एक महिना बित्दा समेत कार्यक्रम बनाउन सकेको आरोप नेता रावलको छ । कम्यूनिष्टहरको सरकार सुरुमै असफलताको बाटोमा डोरिएको बताए । बर्तमान सरकार नेपाली कांग्रेस प्रति बिचार राख्ने ट्रेड यूनियनका ब्यक्तिहरुलाई छानीछानी दुःख दिन थालेको बताए । उनले भने,‘अरुको बिचारको सम्मान गर्न नसक्ने कम्यूनिष्टहरु नै अधिनायक बादी हुन ।

प्रदेश नं ७ का मन्त्रीहरुले धनगढीका ठूला होटलमा बसेर भोजभतेर गर्ने गरेको खुलासा गर्दै सांसद रावलले भने,‘यसले समृद्धी होईन प्रदेश उद्योगती तिर जादैछ ।

नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह मनुले अन्य ट्रेड यूनियन भन्दा नेपाली कांग्रेसका सुभेच्छुकहरु फरक देखिनुपर्ने बताए । उनले भने,‘कम्यूनिष्टहरु भन्दा हामी फरक यस कारण छौं भनेर ब्यावहारमा देखाउन सक्नुपर्छ । नेपाली कांग्रेस कैलालीले सबै भातृसंगठन र सुभेच्छुकहरुलाई नियमित बैठकमा समेत बोलाउने गरेको बताए ।

बित्तिय संस्था कर्मचारी संघका केन्द्रिय अध्यक्ष पदमराज रेग्मीले नेपाली कांग्रेसले आफ्ना ब्यक्तिहरुलाई संरक्षण गर्न नसकेको गुनासो गरे । उनले भने,‘माथी देखि तल्लो तह सम्म यो प्रबृती रहेको छ यसमा सुधार आवस । कार्यक्रम बित्तिय संस्था कर्मचारी संघ प्रदेश नं ७ का अध्यक्ष दिर्घबहादुर शाहको अध्यक्षतामा भएको थियो ।