छिमेकी दाईबट बहिनी बलात्कृत, मर्यो भन्दै फरार

धनगढी, १७ भदौं । कैलालीको घोडाघोडी नगरपालिका – ६ का १४ बर्षिय बालिकालाई छिमेकी दाईले बलात्कार गरेर मर्यो भन्दै छोडेर फरार भएको छ ।

घरमा कोही नभएको मौका छोपी बलात्कार गर्ने ३३ वर्षिय हर्क कुँवर हाल सम्म फरार रहेको जिल्ला प्रहरी नायब उपरिक्षक हरि बहादुर ओलीले जानकारी दिए ।

उनका अनुसार घटना १३ गते राती भए पनि सुखड प्रहरी ईलाकामा १५ गते मात्रै उजुरी आएको जानकारी दिदै अभियुक्त फराह हुने मौका पाएको बताए । उनले फरार अभियुक्तको खोजीकार्य जारी रहेको बताए ।

पीडितले दिएको उजुरी हनुसार बालिकाको हात र मुख दोपत्ताले बाँधेर घाटी थिची जवरजस्ती गर्ने क्रममा बालिका बेहोस भएको खुलाईएको छ । बालिका मरिन भनेर अभियुक्त त्यहाँबाट भागेको पीडित आफन्तको भनाई छ । बालिका होस आएपछि आफ्ना आमा बुवालाई फोन गरेर जानकारी दिईन् ।