यो वर्षको गौरा बलात्कार विरुद्धको हुन्छ : महिला अधिकारकर्मी
धनगढी, १६ भदौं । प्रदेश नं. ७ मा गौरा पर्व भव्यरुपले मनाउने गर्दछन् तर यो वर्षको गौरा बलात्कार विरुद्धको हुने बताउछन् महिला मानब अधिकारकर्मी चित्र पनेरु ।
भाद्र कृष्ण पञ्चमीका दिनदेखि शुरू हुने गौरा पर्वको पहिलो दिन घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् ५ प्रकारको अन्न भिजाएर पर्वको विधिवत् शुरूवात गर्दछन् ।
महिलाले व्रत बसेर गोरस, कलौ, मास, गहत र गहुँ मिसाएर तामाका भाडामा भिजाउछन् र यिनै ५ अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । साथै महिलाले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभमुहूर्तमा सामूहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने प्रचलन रहिआएका छ ।

गोरा पर्वमा विशेषगरी विवाहित महिला सप्तमी र अष्टमीको ब्रत बस्ने गर्छन् । उनीहरू सप्तमीका दिन गोरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजाअर्चना गरी दुबधागो चढाउने गर्छन् भने अष्टमीका दिन व्रतालु महिला बिहानैदेखि गोरा मनाउने स्थल गोरा खलोमा पूजाआजा गर्छन् ।
महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ ।
महिला अधिकार कर्मी पनेरुका अनुसार गौरा पर्वमा रमाईलो गर्न देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । तर यो बलात्कार विरुद्धको अभियानलाई मध्यनजर गर्दै बलात्कारसंग सम्बन्धित गितहरु गाएर सूचना प्रहवाह गर्ने बताईन् ।

त्यसै गरि महिला अधिकारकर्मी सावित्र घिमिरेले भनिन् ‘यो देउडा खेल्नेबेला विकृतिविरुद्ध तिखो व्यग्य योजना रहेको छ ।’ गौराको समापनमा मानब अधिकारकर्मीहरुको पनि बाक्लो सहभागिता गराउने जानकारी दिदै यस यस वर्ष महिला हिंसा, बोक्सी प्रथा, बलात्कार जस्ता जनघन्य अपराधको सेरोफेरोमा रहेर देउडाका माध्यमबाट पर्व मनाउने बताईन् ।
प्रदेश नं. ७ का हरेक जिल्लामा महिला अधिकारकर्मीहरु यो वर्षको गौरा बलात्कार विरुद्ध गितको माध्यमबाट मनाउने महिला मानब अधिकर रक्षक सञ्जालको रणनीति रहेको केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष निर्मला बाग्चन्दले जानकारी दिईन् ।













