श्रीनिवासको चर्चित गित ‘जिनगी तोहार नाउ’

धनगढी, १६ भदौं । परिवर्तनसिल समय सङ्गै, अहिले थारु गित सङ्गितले पनि निकै फड्को मार्दै छ । एक पछि अर्को नयाँ नयाँ कलाकार जन्मिरहेको अवस्थामा अहिले थारु भाषाको गित सङ्गितले पनि नयाँ उचाई हासिलगर्दै आधुनिकता तिर फडको मारिरहेको छ ।

थारु कलाकारितामा निकै चर्चा कमाएका चितवनका थारु भाषा को (जिनगी तोहार नाउ) बोलको गित अडियो रिलिज भएको दुई महिनामै १ लाख दर्शक दर्शक सुन्न भ्याँए ।

थारु भाषाको निकै चर्चित गायक, गायिका श्री निवास चौधरी र समिक्षा चौधरीको सुमधुर आवाज रहेको यो गित निकै मनमोहक शब्दमा सङ्गीत सजाएको छ ।

बुद्ध चौधरी (सुमन) ले भने अति नै आकर्षक ढंङले युवा पिढीलाई लक्षित गर्दै अहिले को चर्चित गायक, सङ्गितकार तथा एरेन्जर गणेश चौधरी ले सङ्गीत सम्योजन गरेका हुन् ।

दुई लाख ५० हजार रुपैयामा निर्माण गरिएको उक्त भिडियो देशको विभिन्न रमणिय ठाउँ हरुमा छायांकन गरिएको छ । थारु भाषामा अहिले सम्म कै उत्कृष्ट भिडियो बनेको निर्माताको दाबी छ ।

एक सय भन्दा बढि नेपाली थारु र भोजपुरी गित हरुमा निर्देशन, कोरियोग्राफी तथा अभिनय गरि सकेका, चर्चित निर्देशक हिरा चौधरी यो गितमा निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।

पतिराम थनेत को छायांकन तथा चर्चित अभिनेता सुरेश चौधरिले सम्पादन गरेको यो भिडियोमा अनुराधा चौधरी र जितेन्द्र महतोले अभिनय गरेका छन् ।