वडा प्रहरी जाली गाउँमा
धनगढी, १५ भाद्र । स्थानीय क्षेत्रको शान्ति सुरक्षालाई बलियो बनाउन वडा प्रहरी कार्यालय धनगढीले ‘टोल—टोलमा प्रहरी’ अभियानलाई निरन्तरता दिईरहेको छ ।
वडा प्रहरी कार्यालय धनगढीले मातहतको क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिकाको विभिन्न वडामा टोल टोलमा प्रहरी अभियान संचालन गरिरहेको छ ।
धनगढी उपमहानगरपालिका—५ हसनपुरमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रसंग सहकार्य गर्दै शुक्रबार वडा प्रहरी कार्यालय जालीमा अभियान चलाएको छ ।

स्थानियहरुको बाक्लो उपस्थिती रहेको सो ठाउँमा संचालन गरिएको अभियानमा वडा प्रहरी कार्यालय धनगढीका ईन्चार्ज वकिलबहादुर सिंह, वडा नम्बर ६ का अध्यक्ष भागीराम चौधरी, सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव भिम चौधरी र स्थानिय विदेश चौधरीले अपराधिक क्रियाकलाप रोक्न प्रहरी र स्थानियहरुको उत्तिकै भूमिका हुनेमा जोड दिए ।
टोलटोलमा प्रहरी लैजानुपर्ने मान्यताअनुसार गृह प्रशासन सुधार मार्गचित्र २०७४ अनुसार २०६४ असोज ६ गतेको निर्णयअनुसार वडा प्रहरी कार्यालय धनगढीले सो कार्यक्रम विभिन्न टोलमा पुगेर स्थानियहरुसंग छलफल गर्दै आईरहेको छ ।













