नदीमा डुबेर एक जनाको मृत्यू
धनगढी, १५ भदौं । कैलारी गाउँपालिका वडा नं. ८ का ७० वर्षिय रामफल चौधरीको नदीमा डुबेर मृत्यू भएको छ ।
आज (शुक्रबार) विहान ८ बजे गाउँ नजिकैको मोहनी बजार दुध पुर्याएर घर फर्किने बेला लौसाको कटैनी टर्ने बेलामा नदीमा डुबेर मृत्यू भएको आफन्तले जनाएको हो ।
उनका छोरा राजाराम चौधरी लौसा गाउँको जमिन ठेक्कामा लिएर तरकारी खेति गर्दै आएका छन् । तरकारी खेतीको रखुवाल गर्न आमा बुवा दुबै जना लौसा नै बस्ने गरेको छोरा राजाराम चौधरीले जानकारी दिए ।
राजारामका अनुसार बुवा नदीमा प्रबेश गरेपछि आमालाई बोलाउनु भयो, आमा त्यहाँ पुगुन्जेल बुवालाई नदीले बगाएर पर सम्म पुर्याई सकेको बताए । नदी टर्ने बेला एक्कसी पानीको बाहव बढेर उहाँलाई नदीले बगाएके मृतकका आफन्तले जानकारी दिए ।













