मर्नुअघि पवित्राले यस्तो भनिन्, ‘तिम्रो बाउले बाँच्नै दिएन’

धनगढी, १४ भदौं । कैलाली लम्की चुहा नगरपालिका बस्ने ४० वर्षीय पवित्रा ढुंगानाले आफूलाई श्रीमान पदमराज जोशीले मर्न बाध्य पारेको बताएकी छिन् । उनी आत्महत्या गर्नु भन्दा पहिला रेकर्ड गरेको अडियो सार्वजनिक भएको छ ।

पवित्राले जेठो छोरा १३ वर्षको भएको अडियोमै भनेकी छिन् । जेठो छोरालाई भाइ र बहिनीलाई नपिट्नु, ठूलो बनाउनु, भाई बहिनीलाई समाल्नु भनेकी छन् ।

मलाई बस्न र खान नदिएकै कारण कारण छोरा म मर्दछु, के गरु मलाई सारै भयो । भाई मामाको खोजीमा गएको छ, राम्रोसँग हेर्नु । मलाई बाच्न नदिएरै मर्दैछु । त्यसको (श्रीमान) पछाडी नजानु, मामाको घरमा जानु, राम्ररी बस्नु, साँझ आउनु मेरो लाश हेर्नु” पवित्राले अडियोमा भनेकी छन् ।

आफूले जन्माई दिएको र यो भन्दा बढी केही गर्न नसक्ने भन्दै काम गरेर खानु तर कसैको पनि चोरेर नखानु भनेकी छन् ।

भाई मामाको खोली गएको छ । तँ १३ वर्षको भइहाली । भाइलाई नहान्नु, ठूलो बनाउनु । मलाई रात दिन बस्न/खान नदिएर मरेकी हुँ बाबु, मेरो बेइजत भयो । मैले जन्म दिए, भात दाल पकाएर खुवाए, त्यति मात्रै हो बाबु ।

मैले कसैको एक रुपैयाँ खाएको छैन । तीन लाख मना अन्टीलाई दिएकी छु” पवित्राले रेकर्ड गरेको अडियोमा रुँदै भनेकी छन् । उनले आफूलाई श्रीमानले बस्न–खान र नभएकै आरोप लगाएकै कारण मरेकी हुँ । उनले करन जोशीले पनि नभएकै आरोप लगाएको बताएकी छन् । छोरी मनिसलाई हजुर आमाको घरमा बस्नु भनेकी छन् ।

पवित्राले आफू मरेको खबर माइजुलाई भन्नु भन्दै सम्झना आए फोटो हेर्नु छोराछोरीलाई भनेकी छन् । उनले यो रेकर्ड खल्तीमा हालेको बताएकी छन् । छोरा आफ्नो बाटो आफै समाल्नु । १० कठा जमिन छ, आफ्नो भाग लिनु । तिम्रो पढाई यति नै हो अडियो सकियो ।