दशक वित्यो, न्याय पाएनौं : बेपत्ता परिवार
कालिकोट, १४ भदौं । मुलुक शान्ति प्रक्रिया थालनी भएको एक दशक बितेपनि शसस्त्र द्धन्द्धमा बेपत्ता भएका परिवारहरुको पीडा उस्तै छ ।
नेपाल रेडक्रस सोसाइटीले बिहिबार कालिकोटमा आयोजना गरेको अन्तर्राष्ट्रिय बेपत्ता दिवस कार्यक्रममा बेपत्ता परिवारका आफन्तहरूले न्याय पाउने आशामा बर्षौ बित्दापनि पीडा उस्तै रहेको बताए ।
परिवारका सदस्य बेपत्ता भएको बर्षौ बितेपनि अहिले राज्यमा बिद्रोही दुबै पक्ष सत्तामा सामेल भएका कारणले उनीहरुले बेपत्ता पार्ने को हो ? थाहा नपाएको जस्तो गर्नु दुःख लाग्दो बिषय भएको बताए ।
राज्यले पीडितलाई कुनै पनि क्षतिपूर्ति नदिँदा झनै पीडामा परेको १० वर्षे शसस्त्र द्धन्द्धका बेला सरकार तथा माओवादी पक्षबाट थुप्रै बेपत्ता पारिएका थिए ।
द्धन्द्धकोबेला बिद्राही पक्षले २०५६ सालमा बाबु बेपत्ता भएको बताउदै अहिलेसम्म कुनै जानकारी आएन । कालिकोट रास्कोट नगरपालिका वडा ५ का दमनराज शाहीले भने ।
‘मेरो बुबाको अवस्था अहिलेसम्म अज्ञात छ । राज्य तथा माओवादीले पनि बेपत्ताको अवस्थाबारे केही बताएका छैनन् ।’ उनले भने,‘विना कारण निर्मम यातना दिएर बेपत्ता पार्नु भनेको गैरकानुनी हो ।’
२०५८ सालमा बिद्यालयबाट घर आउँदै गर्दा तत्कालिन शाही नेपाली सेनाले आफ्ना श्रीमान्लाई हत्कडी लगाएर लगेको जिल्लामा नै पु¥याएर बेपत्ता बनाएको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ मेहलमुडीकी सुपारी लुहारले बताइन् ।
‘श्रीमानको खोजी र न्यायका लामो लडाई लडेँ ।’ उनले भनिन्,‘आजसम्म न सास पाएको छु । न लास पाएको छु ।’
कालिकोट जिल्लामा शसस्त्र द्धन्द्धको बेला २८ जना बेपत्ता भएका थिए । तर आरसिआईसीले १८ जना मात्रै वेपत्ता भएको तथ्यांक राखेकोमा पीडित परिवारको गुनासो छ ।













