फाया नेपालको अध्यक्षमा भट्ट

धनगढी, १३ भदौं । जनचेतना तथा युवा जागरण मञ्च (फाया नेपाल) कैलालीको २१ औं साधारणसभा सम्पन्न भएको छ ।

बुधबार सम्पन्न भएको साधारण सभाबाट पूर्व सचिव भट्ट आगामी दुई वर्षका लागि नयाँ कार्यसमितिमा चयन भएका हुन् । त्यसैगरि सचिवमा मीना वास्तोला र कोषाध्यक्षमा चिन्तामणि ढुंगेललाई चयन गरिएको छ ।

कार्यसमितिको सदस्यहरूमा निर्मल राना, कृष्ण विक, बालकुमारी चौधरी र झरना चौधरी चयन भएका छन् ।

मंगलबार शुरु भएको साधारण सभाको दोस्रो दिन आयोजना गरिएको बन्द सत्रमा संस्थाका अध्यक्ष शेरबहादुर बस्नेतले पेश गरेकोे संस्थाको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष मीना वास्तोलाले पेश गरेको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको कार्यक्रम निर्देशक धर्मराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।