किशोरी बलात्कार गर्न खोज्ने पक्राउ
कालिकोट, १२ भदौं । एक युवतीलाई दुई जनाले सामुहिक बलात्कार गर्न खोजेको आरोपमा जिल्लाको खाँडाचक्र नगरपालिका–१० निवासी २८ वर्षिया धनराज शाहीलाई पक्राउ गरे छ । साथै शुभकालिका गाउँपालिका–६ निवासी २४ वर्षिय हेमराज शाही फरार छन् ।
शुक्रबार राती एक्लै खाँडाचक्र नगरपालिकाको सदरमुकामको कोठामा सुतिरहेको बेला एक १६ वर्षिया किशोरीलाई बलात्कार गर्न खोजेको अभियोगमा शाही पक्राउ परेका हुन् ।
किशोरीमाथि बलात्कार गर्न खोजेको अभियोगमा प्रहरीले शाहीलाई पक्राउ गरी हिरासतमा लिएको छ भने फरार अभियुक्तको खोजी तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
बलात्कार अभियोग लागेका धनराजलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले जानकारी दिए ।
सदरमुकाम मान्मको जिरो प्वाइन्टस्थित कोठामा बसिरहेका बेला दुई ब्यक्तिले युवतीको ढोका फोडेर सामूहिक बलात्कार गर्न खोजेको भन्दै पीडितले उजुरी दिएपछि दुवै अभियुक्त विरुद्ध जबरजस्ती करणी महलमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको जिल्ला डीएसपी शर्माले बताए । नयाँ मुलुकी ऐन अनुसार जबरजस्ती करणी उद्योगमा दोषी ठहरिए १० वर्षसम्म कैद हुने व्यवस्था छ ।













