माओवादी यूद्धको नाममा देश टुक्राउदै थियो : प्रधानमन्त्री ओली

काठमाडौं, १२ भदौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी जनयुद्धको नाममा देश टुक्राउन लागेको बताए ।

माओवादीले राजा र सेनाको उच्च अफिसरसँग मिलेर उक्त कार्य गरेको प्रधानमन्त्री ओलीको दाबी थियो । शान्तिप्रक्रियापछि उनीहरुलाई नै माओवादीले सांसद र मन्त्री बनाएको समेत बताए ।

प्रधानमन्त्री ओलीले भने ‘अहिले पनि फेरि देशविरुद्ध गम्भीर षड्यन्त्र भइरहेको छ ।’ खुलेआम देश टुक्र्याउँछु भन्ने सुनिएको, जुन पहिला माओवादीले भन्ने गर्थो ।’

प्रधानमन्त्री ओलीले विप्लवको नामै नलिएर उनीबारे पनि धारणा राखे । उनले राजनीतिक पार्टी भन्छ, तर बम विस्फोट, धम्की दिएर आतंकारी गतिविधि गरिरहेको आरोप समेत लगाए ।