बिपन्नको घर प्रहरीद्धारा पुर्ननिर्माण
कालिकोट, ११ भदौं । जिल्ला प्रहरी कार्यालय कालिकोटका अति बिपन्न परिवारको घर पुर्ननिर्माण गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटले सदरमुकाम मान्म बजारको फोहोर बोक्दै आएका धनसिंह पाण्डेको घर पुर्ननिर्माण गरेको हो ।
सदरमुकामको खाँडाचक्र नगरपालिका–१ का पाण्डे वर्षायाम लागेसँगै चुहिने छानाको घरमा बस्दै आएको र जिल्ला प्रहरी कार्यालय कालिकोटले उनको चुहिने घर पुननिर्माण गरिदिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख बिनोद शर्माले बताए । ‘बर्षाका चहिने घरमा बस्दै आएका पाण्डेको घर जिल्ला प्रहरी कार्यालयको पहलमा पुर्ननिर्माण भएको छ ।’ उनले भने,‘बिपन्नसँग प्रहरी कार्यक्रम अन्र्तगत घरको पुर्ननिर्माण गरिएको हो ।’
जिल्ला प्रहरी कार्यालय कालिकोटले ‘सेवा सहयोग र मित्रता कालिकोट प्रहरीको प्रतिबद्धता नारा’ दिएर जनसेवाका कार्यक्रम चलाउँदै आएको र त्यसै अभियान अन्र्तगत पाण्डेको घरको छाना बदलिएर नयाँ घर निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख शर्माले बताए । ‘नागरिकको हरेक समस्यामा प्रहरीले सहयोग गर्ने लक्ष्य राखेको छ ।’ उनले भने,‘हामीले पाण्डेको ओत लाग्ने घरको पुर्ननिर्माण गरेका छौं ।’
चुहिने छानामा कस्टकर जीवन बिताइरहेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट टिनको व्यवस्था गरी घर पुननिर्माण गरिदिएको शर्माले बताए ।













