वालबालिकालाई राम्रो संग पढ्न आर्जुको आग्रह
घनगढी, १० भदौं । धनगढी उप–महानगरपालीकाका उर्मा र फुलबारी श्रोतकेन्द्र अन्तरगतका विद्यालयमा पढ्ने ३ सय ५० जना वालबालिकालाई शनिवार एक साथ छात्रबृती वितरण गरिएको छ ।
धनगढी उप–महानगरपालीकाको र ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुका)को समन्वय तथा डा. आरजु राणा देउवाको पहलमा यती ठूलो संख्यामा वालबालिकाहरुलाई छात्रबृती वितरण गरिएको हो । रुडुककी संस्थापक अध्यक्ष समेत रहेकी डा. आरजु राणा देउवाले ‘मेरो पठनपाठनमा रुडुकको साथ’ भन्ने अभियान नै संचालन गरेकी छन् ।
कुनैपनि वालबालिकाहरुले पढाईबाट बञ्चीत हुनु नपरोस भन्ने उदेश्यले यो अभियान संचालन गरिएको हो देउवाले भनिन्‘पहिलो चरणमा ३ सय ५० जनालाई छात्रबृती उपलब्ध गराईएको छ यो अभियान निरन्तर चल्ने छ । चाडै नै धनगढी उप–महानगरपालीका अन्तरगतका सामुदायीक विद्यालयका थप ३ सय वालबालिकालाई छात्रबृती उपलब्ध गराउने पनि देउवाले बताईन । सक्नेले आफ्ना वालबालिकाका अतिरिक्त नसक्नेको एक जना बालवालिका पढाईदिए कुनैपनि वालबालिका विद्यालय पढ्नबाट बञ्चीत हुनुपर्दैन नेपाली कांग्रेसकी नेतृ समेत रहेकी देउवाले भनिन्‘वालबालिका सबैका साझा हुन त्यसैले पठनपाठनमा सहयोग गरिदिनुपर्छ ।

छात्रबृती पाएका वालबालिकाहरुलाई राम्रो संग मेहनत गरेर पढ्न आग्रह गरिन । उनले भनिन्‘धनगढी उप–महानगरपालीका क्षेत्रका सामुदायीक विद्यालयबाट उत्कृष्ठ नतिजा ल्याउनेलाई आफुले छात्रबृतीमा पठनपाठन गराउने प्रतिवद्धता ब्यक्त गरिन ।
धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले यस नगरका कुनैपनि वालबालिकाहरु पढ्नबाट वञ्चीत हुनु नपरोस भनेर यो अभियान संचालन गरेको बताए । उनले भने,‘यसका अतिरिक्त धनगढी उप–महानगरपालीका संग पनि छात्रबृतीका कार्यक्रमहरु रहेका छन् ।
छात्रबृती अन्तरगत प्रति वालबालिकाहरुलाई झोला,एक दर्जन कापी, तौलिया, बुट पोलीस, पोशाक खरिदका लागि नगद २ हजार ५ सय उपलब्ध गराईएको थियो ।













