तिब्बतमा यार्सागुम्बाले मूल्य पाएन

कालिकोट १० भदौं । हिमाली हिराका रुपमा चिनिएको यार्सागुम्बा बेच्न तिब्बत बजारमा पुगेका नेपालीहरुले राम्रो बजार (मुल्य) नपाएको गुनासो गरेका छन् । यस बर्ष नेपाली बजारमा राम्रो मुल्य नपाएर तिब्बतमा यार्सागुम्बा बेच्न पुगेका नेपाली ब्यापारीले त्यहाँ पनि राम्रो मुल्य नपाएको बताएका छन् ।

तिब्बतमा यार्सागुम्बा बेच्नका लागि पुगेका कर्णालीका हिमाली भेक हुम्ला, मुगु र डोल्पाका ब्यापारी तथा स्थानीयहरुले त्यहाँ राम्रो मुल्य नपाएपछि केहीले आफन्तलाई बेचिदिन आग्रह गर्दै त्यही छोडेर नेपाल फर्किएका छन् भने केहीले ब्यापारी तथा स्थानीयहरुले सस्तो मुल्यमा बिक्रि गरेर फर्किएका छन् ।

तिब्बतका बिभिन्न बजारहरुमा बर्षायाममा लाग्ने हाटबजारमा यार्सागुम्बाको ब्यापार गर्न पुगेका नेपालीहरुले यार्सागुम्बा बिक्रि गर्न नपाएको र यार्सागुम्बाको मुल्य पनि राम्रो नपाएको डोल्पा डोल्पो बुद्ध गाउँपालिकाका छेर्का लामा तामाङले बताए ।

‘यस बर्ष नेपाली यार्सागुम्बा ब्यापारीहरुले पनि राम्रो मुल्य तिब्बत बजारमा पाएनन् ।’ उनले भने,‘यार्सागुम्बाको राम्रो मुल्य नपाउँदा कयौं ब्यापारीले घाटा खानुपरेको छ ।’

नेपालीहरु यार्सागुम्बा सहित तिब्बती बजारमा जडिबुटी किन्ने, त्यही बिक्रि भएको आम्दानीबाट घरखर्च र अन्य सरसमान ल्याउने गरेकोमा यस बर्ष ब्यापारी तथा हिमाली भेकका स्थानीयले सामान बिक्रि नुहँदा समस्या भएको डोल्पा शेफोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टसीतुण्डुप गुरुङले बताए ।

‘तिब्बतको सिमामा प्रत्येक बर्ष हाटबजार लाग्ने गर्छ । त्यही हाटबजारमा नेपालीहरुले यार्सागुम्बा लगाएतका जडिबुटी बेच्ने गरेका थिए ।’ उनले भने,‘यसबर्ष यार्सागुम्बा लगाएतका जडिबुटी तिब्बती बजारमा बिक्रि भएन । यहाँका स्थानीयलाई समस्या भएको छ ।’

हिमाली जिल्लाको यार्सागुम्बा संकलनको समयमा पाटन क्षेत्रमा प्रतिकिलो १७ लाख ५० हजार रुपैयाँमा यार्चागुम्बा खरिद गरेका ब्यापारीहरुले, तिब्बती व्यापारीले यार्चागुम्बाको प्रतिकिलो १४ लाखभन्दा बढी दिन नमानेको र नेपाली ब्यापारीहरुले घाटा खाएर बेच्न नसकिने मुगु कार्मारोङ गाउँपालिका ब्यापारी टासी तामाङले बताए । ‘हामीले यार्सागुम्बा संकलन हुने समयमा पाटन क्षेत्रमा १७ लाखभन्दा बढी पैसा हालेर किनेका थियौं ।’ उनले भने,‘चिनियाँ ब्यापारीहरुले त्योभन्दा निकै कम मुल्य दिन थालेपछि घाटा खाएर बिक्रि गर्न समस्या भएका कारणले बिक्रि नै नगरी नेपाली ब्यापारी फर्किएका छन् ।’

कर्णाली बिभिन्न वन क्षेत्रमा यार्सागुम्बाको राम्रो संकलन हुने यसैको आम्दानीबाट यहाँका स्थानीयबासीले खर्चखर्च लगाएतका सामानको जाहो गर्ने गरेको र यस बर्ष यार्सागुम्बा लगाएतका जडिबुटीले राम्रो मुल्य नपाउँदा समस्या भएको हुम्लाका जयपति रोकायाले बताए । ‘यहाँका मानिको मुख्य आम्दानीको स्रोत जडिबुटी र यार्सागुम्बा हो ।’ उनले भने,‘त्यही पनि राम्रो मुल्य नपाउँदा समस्या भएको छ ।’