आन्दोलनमा मृत्यू भएको खुनाको दाह संस्कार गरियो
धनगढी, १० भदौं । बलात्कार विरुद्धको आन्दोलनमा सहभागि भएका सनी खुनाको शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएको थियो । खुनाको (आज) आइतबार महाकाली नदीमा दाहसंस्कार दाह संस्कार गरिएको छ ।
दाहसंस्कार अघि भीमदत्त नगरपालिका–९ ब्रह्मदेव घाटमा प्रदेश नं ७ का प्रदेशसभा सदस्य तारालामा तामाङ र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले खुनाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए भने ब्रह्मदेव सीमा प्रहरी चौकीका प्रमुख दिपेन्द्र थापा नेतृत्वको प्रहरी टोलीले खुनाप्रति शोक सलामी अर्पण गरे ।
सरकारले हिजो खुनालाई शहीद घोषणा गरेको हो । साथै खुनाको परिवारलाई १० लाख रुपैया आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका थियो ।
शुक्रबार बलात्कार गरी हत्या गर्ने अपराधीलाई पत्ता लगाउन माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर खुनाको मृत्यु भएको थियो ।
रक्षवन्धन र जनै पुर्णिमा भएका कारण आज विहान ५ घण्टाका लागि कर्फ्यू हटाईएको थियो । विहान ५ वजेदेखि १० बजेसम्म खोलिएको कर्फ्यू पुनः लगाईएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।













