पत्रकार विष्ट दुर्घटनामा परि गम्भीर घाइते

धनगढी, ८ भदौं । डोटीका पत्रकार बिमल विष्ट जीपको ठक्करबाट गम्भिर भएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका–४ दिपायलमा विष्टलाई से १ ज ५२१ नम्बरको जीपले ठक्कर दिएको हो ।

पत्रकार विष्ट से ३ प २१५७ नम्बरको मोटरसाइकलमा डडेल्धुरातर्फ आउने क्रममा दुर्घटना भएको हो । उनीसँग मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका–४ का नन्दन महरा पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको ।

पत्रकार बिष्टको टाउँकोमा गम्भीर चोट लागेको छ । स्थानीय अस्पतालमा उपचार नभएपछि थप उपचारको लागि धनगढी ल्याइदैछ । दुबै जनाको अवस्था गम्भीर रहेको छ ।

चालकसहित प्रहरीले जीपलाई नियन्त्रणमा लिएको छ ।