मन्त्रालय अगाडी बलत्कारी बिरुद्धको धर्ना
धनगढी ८ भदौं । कञ्चनपुरमा बलत्कार पछि हत्या भएको घटनामा वास्तविक अपराधिलाई पत्ता लगाई कारवाहिको माग गर्दै मन्त्रालय अगाडी एक घण्टा धर्ना दिइएको छ ।
प्रदेश नम्बर ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गेटमा महिला मानब अधिकारकर्मी मुल आयोजक समितिले शुक्रबार धर्ना दिएको हो ।
धर्ना दिदै दोषीलाई बास्तविक दोषी उम्काउन प्रहरी प्रशासनबाट सत्य तथ्य अनुसन्धानको माग गरेका थिए । घटना भएको लामो समय बितिसक्दा पनि प्रदेश बास्तविक दोषि पत्ता लाग्न नसक्नुको कारण भित्र भित्रैबाट चलखेल भईरहेको हो भनि आशंका भईरहेको महिला मानब अधिकार रक्षक सञ्चाल बैतडीका सरस्वती नेपालीले बताईन् ।

उनले कञ्चनपुरमा न्याय माग्दा गोलीको उपहार पाइन्छ भन्दै व्यांगा गरिन् ।
धर्ना कार्यक्रममा एक्बद्धता जनाउदै धनगढी उपमहानगरपालिकाका प्रबक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले दोषीलाई तत्काल पत्ता लगाई कारवाही गर्न सरकारसंग माग गरे ।
उनले यस्ता खालका घटना फेरी पनि दोहोरी न दिनका लागि यस दबाब मूलक कार्यक्रमलाई कञ्चनपुर र कैलालीमा मात्र नभएर देशभरी नै गर्नुपर्ने बताए ।













