कञ्चनपुरमा आन्दोलन चर्किएपछि कर्फ्यू आदेश

कञ्चनपुर, ७ भदौ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिकाको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन चर्किदै गएपछि कर्फ्यू आदेश जारी गरिएको छ ।

आन्दोलनले उग्र रुप लिनथालेपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यू आदेश जारी गरिएको हो । यसअघि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । जसमा १० जना घाइते भएका छन् ।