भविष्यको गर्भमा टीकापुर घटना
भदौ ७ गते टीकापुर घटना घटेको ठिक तीन वर्ष पुरा हुदैछ । तराईका थारुहरु आफ्नो पहिचान सहितको अधिकार माग गर्दै २०७२ साउन २२ गतेदेखि सहडकमा उत्रिएका थिए । आन्दोलनको क्रममा टीकापुर बजारलाई थारु स्वयत प्रदेशको होडिड्डबोड राख्ने क्रममा आन्दोलनकारी र प्रहरी बिच एक्कासी हिंसात्मक मुठभेड भयो । मुठभेडमा असंख्य थारु घाइते भए । एक जना नबालक सहित सात प्रहरीको मृत्यू भयो ।
टीकापुरमा शान्ति सुरक्षा कायम गर्न प्रहरी, सेना तैनाथ भए । टीकापुर मात्रै होईन कैलालीको मूख्य शहर धनगढी, भजनी, जोशीपुर, लगायत थारु बस्तीहरुमा दिनको १८ घण्टाका दरले कफर््यू लाग्न थाल्यो । घटना घटेको दोस्रो दिन कफर््यूको बिचमा थारुहरुको घर पसल छानी छानी जलाइयो ।
टीकापुर घटना छानबिनका लागि विभिन्न समिति र आयोग बनाइए । तर तिनको प्रतिवेदन सार्वजनिक नगर्दा यसबारे धेरैले आफू अनुकूल व्याख्या र विश्लेषण गर्ने धारिलो हत्तियार प्राप्त भएको मशहुस गरे । घटना लगत्तै तत्कालीन गृहमन्त्रीले सीमापारिको हात भएको दाबी समेत गरे । टीकापुर घटनापछि थारु पहाडी बिचको लडाई शुरु भएको कपोकल्पित भ्रमहरु छरिए । गाँउ बस्तीहरुमा एक थारुले अर्को पहाडीसंग बोलचाल बन्द हुने अवस्था सृर्जना भयो । सडकको चोक, गल्लीहरुमा डर लाग्ने खालका सवालहरुमा कुर्तक सहितको बहसहरु शुरु भए । विभिन्न खाले अभिव्यक्ति पस्किने मौका धेरैलाई मिल्यो । वकिल नहुनेहरु वकिलको अभिव्यक्ति दिए, पत्रकार नहुनेहरु पत्रकार सरह समाजिक सञ्चाल मार्फत सूचनाहरु सम्प्रेशन गर्न थाले । थारु बस्ती डर त्रासले शोकमय जस्तो थियो । जवान यूवाहरु घरमा बस्न सक्ने अवस्था नै थिएन ।
थारुहट आन्दोलन २०६५ जेठ १६ गतेदेखि ३० गते सम्म पनि तातेको थियो । १५ दिने आन्दोलनमा पनि राज्यले डमन नगरे पक्कै होईन । थारुहरु सम्मानजनक अधिकार प्राप्तीको लागि लामो समय आन्दोलन गरे । परिणाम टीकापुर घटनाले आन्दोलन तुहाइयो । विश्वमै बदनामी भए थारु । थारुहरुको माग मुद्धा बारे कसैले चर्चा गरेनन् । भित्रि सतही बुझ्ने प्रयास सकैले गरेन । थरुहट र अखण्डसुदुरपश्चिम आन्दोलनले विभाजित बनाइएको पहाडी र थारु बिचको मनोविज्ञान नै फरक भईसकेको थियो । अन्ततः तत्कालीन सुदूर पश्चिमाञ्चल विकास क्षेत्रले ओगटेका कैलाली र कञ्चनपुर सहितका ९ जिल्लालाई एउटै प्रदेश बनाउनुपर्छ भने माग सफल भयो । संविधान पनि बन्यो, साविक सुदूर पश्चिमाञ्चल विकास क्षेत्र प्रदेश नं. ७ बन्यो । थारुहरुले मागेको थारु क्लस्टरमा पूर्ण विराम लाग्यो ।

टीकापुर घटना लगतै थारु नेताहरुलाई पक्राउ गर्यो । घटना भएको दिन लक्ष्मण थारु कैलाली बाहिर थिए, तर अहाँलाई आन्दोलन अगुवाई गरेको कारण भैरवबाट सुनियोजित तरिकाले पक्राउ गरियो । त्यसै गरि लाहुराम चौधरी कैलालीको सिडिओसंग जिल्ला प्रशासन कार्यालयमा छलफल गरिरहेको बेला घटना घटेको खबर आयो तर उहाँलाई पनि मान्छे मारेको आरोपमा पक्राउ गर्यो । त्यसै गरि विना प्रमाण कैलालीका २६ जना थारुलाई हाल सम्म कैलाली कारागारमा पुर्पक्षको लागि कैदी बनाएर थुनामा राखिएका छन् । टीकापुर घटनामा आरोपितहरुलाई राज्यले न अपराधि भनेर घोषणा गर्न सकेको छ, न त निर्दोष हुन भनेर रिहा गर्न सकेको छ ।
कारागारमा कैद गरेको झण्डै तीन वर्ष पछि साउन ३० गते पहिलो पेशी लियो । संविधानको मुलिकी ऐनमा कानूनी प्रबधान बमोजिम कुनै पनि कैदीलाई यति लामो समय सम्म राख्न पाईने भनेर कहि उल्लेख गरेको छैन । तर टीकापुर बन्दीहरुको लागि मनमौजि तरिकाले बेला बेला म्याद थप गरिदै तीन वर्ष पुर्यायो । मुलुकी ऐनमा यो पनि लेखिएको छ, कुनै अभियूक्त निर्दोष सावित भइयो भने क्षतिपूति दिईनेछ । राज्यले भौतिक क्षति त दिन सक्ला तर तीन वर्ष सम्मा थुनामा रहेका रहेका बन्दी र उनीहरुको परिवार नातागोतामा पर्न गएको मानसिक क्षति के दिन सक्ला ? यो राज्यले सोच्ने कुरा हो । मुलुकी ऐन लागु गर्ने हो भने टीकापुर घटनापछि पुर्पक्षका लागि जेल जलान गरेकाहरुको तुरुन्त टुड्डो लगाउनु पर्छ । होईन भने राज्यप्रति आममानसको विश्वास घट्दै जान्छ ।
टीकापुर घटनापछि थारु आन्दोलन पनि लगभग शून्य अवस्थामा छ । तर थरुहट प्रदेश प्राप्त गर्ने लक्ष्यबाट थारु समुदाय विमुख भएको छैन । तसर्थ समस्या जहाँको त्यहीँ छ । यसको समाधान शान्तिपूर्ण रूपमा हुन्छ कि फेरि पनि हिंसा दोहोरिन्छ, भविष्यको गर्भमा छ । हिजोका दिन अखण्ड सुदुरपश्चि माग गर्नेहरु विजय प्राप्त गरे तर आज फेरी राजधानीको नामाकरण र स्थानको विषयलाई लिएर बहसमा उत्रिएका छन् । यदि कसैलाई अपाच्य हुदैन भने अखण्ड सुदुरपश्चि माग गर्ने आन्दोलनकारीहरु किन राजधानी पहाड लैजान मानिराखेका छैन् ? प्रदेश नं. ७ को नाम पहाडलाई अपनत्व हुने नाम राख्न किन हिचकिचावट ? हो सवाल यहाँ निर छ । अब पहाडका जनतालाई बेकुब बनाउन कुचेष्टा नगरौं । राजधानी र नमाकरणको सवालमा कैलालीका थारुहरुले आन्दोलन गरेका होईन् । अब कैलाली कञ्चनपुरका जनताहरु सुदुरपश्चिमको राजनीति प्रति अनविज्ञ छैन । ध्यूको बास्ना सुघाएर दाल्दा खुवाउने दुप्रयाश गरे, अखण्ड सुदुरपश्चि आन्दोलन हाक्दै हिड्ने गुवाहरुको बाटोमा दरार पर्न सक्छ ।













