धनगढीमा घटनादर्ता देखि नागरिकताको फाराम निःशुल्क

धनगढी, ५ भदौं । धनगढी उप–महानगरपालीकाले ब्यक्तिगत घटना दर्ता देखि नागरिकता लागि गरिने सिफारिस र फाराम निःशुल्क गरेको छ ।

सबैतिर कर बढाएको भन्दै आलोचना भैरहेका बेला धनगढीले तेश्रो नगरसभाबाट आर्थिक बर्ष २०७५/०७६का लागि पारित आर्थिक ऐन २०७५ मा ब्यबस्था भएको निःशुल्क प्रवाह गरिने सेवाहरुको बारेमा मंगलबार सूची सार्वजनिक गरेको हो । धनगढी उप–महानगरपालीकाले नागरिकता लिनका लागि गरिने सिफारिस तथा फाराम निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारका अनुसार यस अघि नागरिकताका लागि गरिने सिफारिस शुल्क लाग्थ्यो भने फारम २५ रुपियाँका किन्नुपर्ने बाध्यता थियो ।

अस्पताल र औषधीका लागि गरिने सिफारिसहरु निःशुल्क दिन थालेको छ । धनगढी नगरका नागरिकहरुले आवश्यक पर्ने रगत निशुल्क दिन थालेको प्रमुख प्रशासकिय अधिकृत सुनारले बताए । रगतका लागि हामीले रक्त संचार केन्द्रलाई निशुल्क सिफारिस गर्दछौ सुनारले भने,‘रगतको पैशा समेत नगरपालीकाले उपलब्ध गराउँछ । ब्यक्तिगत घटना दर्ता अन्तरगत जन्म, मृत्यू,बिवाह दर्ता , बसाईसराई निशुल्क गरिएको छ उप–महानगरपालीकाले जनाएको छ । त्यसैगरी सम्वन्ध बिच्छेदको सिफारिस समेत निशुल्क गरिएको उल्लेख छ ।

अपाङ्ग परिचयपत्रका लागि गरिने सिफारिस, पेन्सन र सामाजिक सुरक्षा सम्वन्धीत सिफारिस, कानुनी सहायताका लागि गरिने सिफारिस र सामाजिक तथा आर्थिक रुपमा पछाडी परेका बर्गका लागि गरिने सबै किसिमका सिफारिस निशुल्क गरिएको धनगढी उप–महानगरपालीकाका आन्तरिक लेखा परीक्षक लेखनाथ ओझाले बताए ।

उनले भने,‘सडक क्षेत्र देखि ३० मिटर सम्मको जग्गा ब्यावसायीक र त्यसपछाडीको जग्गा कृषी योग्य भनेर मापदण्ड बनाएर जग्गा मुल्यांकन गरिएको छ । यसले हिजोका दिनमा अन्यायमा परेकाहरु माथी न्याय भएको छ । अहिले एकिकृत सम्पतीकर घटेको छ ओझाले भने,‘यस पटक मात्रै १० देखि १२ प्रतिशत घटेको छ । गत बर्ष १५ प्रतिशत घटाईएको थियो ।

धनगढी उप–महानगरपालीकाले मदिरा, सूर्तीजन्य पदार्थ, ईटा उद्योग, क्यासीनो, अस्पताल,नसिङ्गहोमलाई करको दायरामा ल्याएको सार्वजनिक गरेको सूचीमा उल्लेख गरिएको छ । अन्य बस्तु तथा सेवामा भने गत आर्थिक बर्षकोदरलाई नै निरन्तरता दिएको उल्लेख गरिएको छ ।