थारु महिलालाई स्थानीय सरकारबारे जानकारी

धनगढी, ४ भदौं । धनगढी उपमहानगरपालिका वडा नं. ५ का स्थानीय थारु महिला सरकार, स्थानीय सरकार, संरचना, कार्य प्रणाली, सेवा सुविधा बारे जानकारी गराईएको छ ।

निश्राव कृषि सहकारी संस्थाको आयोजनामा सोमबार जाँईमा भएको अभिमुखीकरण कार्यक्रममा यहाँका स्थानीय थारु महिलाहरुलाई सरकार, स्थानीय सरकार, संरचना, कार्य प्रणाली लगायत स्थानीय सरकारले दिने सेवा सुविधाबारे जानकारी गराईएको हो । सहरकारीले आफ्नो समूहको सदस्य तथा सेयर सदस्यहरुलाई स्थानीय सरकारको काम कारर्वाही, स्थानीय सरकार संचालन, सेवा सुविधा बारे जानकारी गराएको सहकारीकी व्यवस्थापक इन्दिरा चौधरी जानकारी दिईन् ।

अभिमुखीकरण कार्यक्रममा सुशासन परियोजनाका जिल्ला संयोजक ठाकुर प्रसाद करियाप्रधान सरकार, स्थानीय सरकार, संरचना, कार्य प्रणाली तथा स्थानीय सरकारले दिने सेवासुविधाबारे जानकारी गरेका थिए ।

सहकारीका अध्यक्ष दुर्गा कुश्मीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा नं. ५ का वडा अध्यक्ष हिरा सिंह पातली रहेको थिए । कार्यक्रममा वडा नं. ५ का दलित सदस्य माया ताम्राकार, जाँईका पूर्व भलमन्सा विनय चौधरी, वुद्धिजिवी धनबहादुर चौधरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण तथा विषय बस्तुबारे संस्थाका सचिव देउमति चौधरीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सदस्य सरस्वती चौधरीले गरेकी थिइन् । कार्यक्रम स्थानीय सरकार र ग्राम विकास तथा अनुसन्धान केन्द्र तथा सुशासन परियोजनाको समन्वयमा भएको थियो ।