कन्चनपुरमा बलात्कारपछिको हत्या अभियोगमा एकजना पक्राउ

कञ्चनपुर, ४ भदौं । कन्चनपुरका १३ वर्षीया बालिकालाई बलात्कार पछि हत्या गरेको अभियोगमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१९ बस्ने दिलिपसिंह वष्ट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनलाई किशोरीको हत्या भएको २५ औँ दिनपछि प्रहरीले घटनास्थल आसपासको क्षेत्रबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्रोतका अुनसार उनलाई पक्राउ गरी सोमबारै अदालतमा उपस्थित गराइएको छ । विष्टले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको बयान प्रहरीलाई दिएको बताइएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका विष्ट यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न थिए । बालिकाको हत्यापछि प्रहरीले अभियुक्तलाई पक्राउ नगरेको भन्दै स्थानीयले पटक पटक प्रदर्शन पनि गरेका थिए ।

भीमदत्त नगरपालिका २ उल्टाखामका १३ वर्षीया वर्षिया किशोरी गत साउन १० गतेदेखि बेपत्ता भएकी थिइन् । बेपत्ता भएको भोलिपल्ट गाँउ भन्दा केही पर उखुबारीमा नग्न अवस्थामा किशोरीको शब भेटिएको थियो ।