बलात्कार विरुद्धको अभियानकर्ताहरुलाई प्रहरीले गरे दुव्र्यवहार (फोटो फिचर)

धनगढी, १ भदौं । बलात्कार विरुद्ध अभियान अन्तर्गत कैलालीका महिला अधिकारकर्मीहरुले प्रदेश नं. ७ को कार्यालय अगाडी धर्ना दिईरहेको बेला प्रहरीले आफै व्यानर फ्याक्ने लगायत दुव्र्यवहार गरेका छन् ।

शुक्रबार महिला अधिकारकर्मीहरुले घोषित कार्यक्रमनुसार धर्ना दिदै गर्दा प्रहरीले अपशब्द प्रयोग गर्दै यहाँबाट नहटे आफै व्यानर हटाईदिने भन्दै दुव्र्यवहार गरेका थिए । प्रदेश प्रमुखको कार्यालय गेट अगाडी खटिएका प्रहरीहरुले केन्द्रको आदेश अनुसार मूख्यमन्त्रीको गेटमै धर्ना दिन नमिल्ने बताउदै जबरजस्ती हटाउने प्रयास गरेका थिए ।

महिला अधिकार कर्मीहरुले घोषित चार महिने बलात्कार विरुद्धको अभियानलाई निरन्तता दिईरहेका थिए ।

अभियान हरेक शुक्रबार मूख्यमन्त्री कार्यालयमा धर्ना दिने भनेर बनाईएको रणनीति बमोजिम शुक्रबार धनगढीमा धर्ना दिईएको हो ।

धर्ना कार्याक्रमलाई प्रहरीले हस्तक्षेप गरिरहेको मानब अधिकारको लागि महिला एकल महिलाका प्रदेश संयोजक बेद अवस्थीले बताइन् ।

उनले एक महिनाको अन्तरालमा दिनै पिच्छे भएको बलात्कार पछिको हत्या भएको घटनामा संलग्न दोषिलाई कार्बहीकोलागि धर्ना दिँदा समेत प्रहरीले व्यानर हटाउन लगाएर गैर जिम्मेवारीपन देखाएको बताईन् ।

त्यसै गरि गैससका प्रदेश अध्यक्ष भवराज रेग्मीले कञ्चनपुर जिल्लामा १३ वर्षिय बालिकाको बलात्कार पछिको हत्या काण्डमा प्रहरी असफल भएको शंज्ञा दिए । उनले भने ‘घटना घटेको झण्डै एक महिना पुगि सक्दा समेत एक जना पनि अपराधी फेला पार्न नसक्नु प्रहरीको असफल प्रयास हो ।’

कार्यक्रममा महिला मानब अधिकार रक्षक संञ्जालका केन्द्रीय सदस्य निर्मला बाग्चन्दले बलात्कार पछिको हत्या काण्डका अपराधीलाई कुनै पनि हालतमा संरक्षण नगर्न आग्रह गरे ।

उनले अपराधीलाई तुरुन्त कानूनी कडघरामा उभ्यान जोडदार माग गर्दै कडा भन्दा कडा सजाईको माग गरिन् ।

उनले धर्नामा प्रहरीले देखाएको रबैया माथि प्रश्न गर्दै बलात्कार गर्ने अपराधीलाई पत्ता लगाउने प्रयास भन्दा दबाब दिनेमाथि यदि प्रहरीले हस्तक्षे गर्छ भने कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए ।

उनले भनिन् ‘यदि कोही व्यक्ति शक्तिको आडमा बसेर कुनै खालको चलाखी गर्ने योजनामा छ भने उसको त्यो भ्रम मात्रै हो ।’ हत्यारा पत्ता लगाई कानूनी कडघरामा नउभ्याउन जेल आन्दोलन जारी राख्ने चेतवानी दिईन् ।

कार्यक्रमलाई सहजी करण गर्दै महिला मानब अधिकार रक्षक सञ्जालका सचिब बसन्ती चौधरीले भदौं १ गते देखि लागु भएको देवानी र फैजदारी कानून भित्र केही कानूनहरु विभेदपूर्ण रहेको भन्दै परिमार्जन गर्न सरकारसंग आग्रह गरिन् ।

अभियान चार महिना सम्म चल्ने मूल आयोजक समितिले बताएको छ । हप्ताको हरेक शुक्तबार धर्ना दिने, महिनाको अन्तिम शुक्तबार वृहट र्याली गर्ने र महिलाको सवालमा अन्तरक्रिया, गोष्ठी, पत्रकार भेटघाट जस्ता कार्यक्रम गर्ने आयोजकले तय गरेको छ ।