रानाथारु केही दिनमै अलगै सुचिकृत : सांसद राना
धनगढी, २९ साउन । पश्चिम नेपालको कैलाली कञ्चनपुरमा बसोबास रहेको आदिवासी रानाथारु केही दिनमै अलगै सुचिकृतमा पर्ने सांसद नारदमूनि रानाले बताएका छन् ।

सोमबार धनगढी १३ स्थित कैलाली गाउँमा भईरहेको रानाथारुको तीजिया, गुरिया कार्यक्रममा उनले सो बताएका हुन् ।
उनले राना थारुहरुको तीजिया, गुरिया सबै भन्दा ठूलो चाड रहेको बताउदै यहिचाडबाट एकताको सन्देश जाओस् भनि आग्रह समेत गरे ।
रानाथारु सम्मानको खोजीमा रहेको सज्ञा दिदै अब अपमान सहेर कोही बस्न नसक्ने सांसद रानाको भनाई थियो ।

तीज पर्वमा रानाथारु समुदायका चेलीले दाजुभाई र भतिजाहरूको सु–स्वास्थ्य र दीर्घायूको कामना गरी गर्दै निराहार ब्रत बस्ने गर्दछन् ।
यसैबीच, कञ्चनपुरको लालझाँडी गाउँपालिकाले आज स्थानीय बिदा उपलब्ध गराएको छ । रानाथारुको पर्वमा स्थानीय बिदाको घोषणा भएको सम्भवतः पहिलो बिदा रहेको रानाथारु अगुवाहरू बताउँछन् ।














